बराह क्षेत्रसम्म जलयात्रा सेवा पुनः सञ्चालन
lokaantar.com

दशैँमा आउने यात्रुलाई लक्षित गर्दै भोजपुरको हतुवागढी गाउँपालिका–९ हसपुरस्थित कोप्चेदेखि बराह क्षेत्रसम्म जलयात्रा सेवा पुनः सञ्चालन ल्याइएको छ । दशैं मनाउन गाउँ फर्किने तथा तराईका विभिन्न सहरमा आवतजावत गर्ने यात्रुलाई लक्षित गरेर आइतबारबाट जलयात्रा सुरु भएको हो ।
अरुण र दूधकोशी नदीमा पक्की पुल नहुँदा लामो समयदेखि आवागमनमा समस्या भोग्दै आएका दक्षिणी क्षेत्रका स्थानीयलाई जेटबोट सञ्चालनले राहत मिलेको छ । नदीमा पानीको बहाव बढेपछि गत जेठ अन्तिमदेखि जलयात्रा बन्द थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)