मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रुसी आक्रमणमा युक्रेनको ऊर्जा पूर्वाधारमा क्षति, पूर्वचेतावनी नपाएको जेलेन्स्कीको भनाइ

barnanmedia.com · Mon Oct 19 23:50:00 GMT 2026

रुसले युक्रेनको ऊर्जा पूर्वाधारमा ब्यालिस्टिक मिसाइल र जेट इन्जिनयुक्त ड्रोनमार्फत आक्रमण गरेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसपटक आक्रमणबारे साझेदार मुलुकहरूबाट कुनै पूर्वचेतावनी नपाएको बताएका छन्।

जेलेन्स्कीका अनुसार रुसी आक्रमणबाट देशभरका १० भन्दा बढी ऊर्जा संरचनामा क्षति पुगेको छ। पाँच लाखभन्दा बढी मानिस विद्युत्, ताप सुविधा र खानेपानीको पहुँचबाट वञ्चित भएका छन् । किएभ र आसपासको क्षेत्रलाई लक्षित गरी रुसले १६ वटा ब्यालिस्टिक मिसाइल प्रहार गरेको उनले बताए। आक्रमणमा २१ वर्षीया एक महिलाको मृत्यु भएको राजधानीका अधिकारीले जनाएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)