उपसभामुखको जाहेरीपछि पक्राउ पुर्जी लिन गएको प्रहरीलाई अदालतले भन्यो- ‘कागजात पुर्याएर आउनू’
techpana.com · Tue Aug 18 10:43:52 GMT 2026

काठमाडौं । उपसभामुख रुबीकुमारी ठाकुरको जाहेरीपछि पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्न अनुमति लिन पुगेको प्रहरीलाई ललितपुर जिल्ला अदालतले कागजात नपुगेको भन्दै फर्काइदिएको छ । जनआस्था साप्ताहिकका प्रधान सम्पादक श्रेष्ठविरुद्ध पक्राउ पूर्जी जारी गर्न माग गर्दै पुगेको प्रहरीलाई अदालतले प्रक्रिया र आवश्यक प्रमाण अपुग भएको भन्दै फिर्ता पठाएको हो ।
जिल्ला अदालत ललितपुरका प्रवक्ता तथा सूचना अधिकारी टिकाध्वज कार्कीका अनुसार श्रेष्ठलाई पक्राउ गर्न प्रहरीले अनुमति मागे पनि आवश्यक कानुनी कागजात पर्याप्त नभएकाले थप कागजात ल्याउन निर्देशन दिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)