१० हजार किलो खुर्सानी नष्ट
ekantipur.com · Fri Apr 07 17:03:52 GMT 2023
सुनसरी — भन्सार छलेर ल्याइएको १० हजार किलो हरियो खुर्सानी राजस्व अनुसन्धान कार्यालयले नष्ट गरेको छ । प्रज्ञापन पत्रमा ४ सय किलो उल्लेख गरेर १० हजार किलो भारतीय नम्बरको ट्रक उक्त कार्यालयले गत मंगलबार नियन्त्रणमा लिएको थियो ।
लिलामी नभई कुहिने अवस्था आएपछि कानुनी प्रक्रियाअनुसार नष्ट गरिएको उक्त कार्यालयले जनाएको छ । न्यु लालीगुराँस ट्रेड एन्ड सप्लार्यस काँकडभिट्टाले उक्त खुर्सानी आयात गरेको थियो । खुर्सानी त्यहाँ अनलोड नगरी विराटनगरको गौरीशंकर सप्लायर्सलाई बेचेको बिलमा पनि परिमाण फरक पारी ४ सय किलो मात्र उल्लेख भएको राजस्वको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)