मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

राष्ट्रिय महिला टी–२० आजदेखि

ekantipur.com · Fri Jan 13 01:11:49 GMT 2023

सुनसरी — आठ टिमको सहभागितामा इटहरीमा हुने प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । नेपाल क्रिकेट संघको आयोजना र सुनसरी क्रिकेट संघको सहआयोजनामा लिगकम नकआउटमा शुक्रबार सुरु हुने प्रतियोगिता माघ ७ सम्म चल्नेछ ।

इटहरी–९ स्थित जनता क्रिकेट पार्कमा राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा हुने प्रतियोगितामा ७ प्रदेश र विभागीय टोली नेपाल एपीएफ क्लब गरी ८ टिम सहभागी छन् । उद्घाटन खेलमा शुक्रबार प्रदेश १ र मधेस प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । शुक्रबारै दोस्रो खेलमा वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेश भिंड्ने प्रतियोगिता संयोजक विप्लव घोषले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)