साहित्यकार विमलका छोराहरूको आरोप– प्रादेशिक अस्पतालको लापरबाहीले बुवाको निधन भयो
ratopati.com · Tue Aug 18 11:15:00 GMT 2026

जनकपुरधाम । वरिष्ठ साहित्यकार प्रा.डा.राजेन्द्र विमलका छोराहरूले प्रादेशिक अस्पताल जनकपुरले चरम लापर्बाही गर्दा आफ्नो बुवाको निधन भएको आरोप लगाएका छन् ।
स्वर्गीय विमलका छोराहरू डा. आभाष र विभाष लाभले सामान्य अवस्थामा लगिएको बिरामीलाई अस्पतालले उपचारमा बेवास्ता गर्दा अकल्पनीय मृत्यु हुन पुगेको बताए । विमलका छोरा अभाषले भने, ‘राति ११ बजे बुवा ठिक हुनुहुन्छ, खाना खाएर हामी सबैसँग कुराकानी भयो । त्यसपछि एक्कासि श्वासप्रश्वासमा समस्या देखिएपछि चिकित्सक कुलदिप पंडितको सल्लाहमा सरकारी अस्पताल लिएर गयौँ, तर त्यहाँ लैजानु नै ठुलो गल्ती भयो । सायद त्यहाँ नलगेको भए बुवा अहिले हामीसँगै यहीँ हुनुहुन्थ्यो होला ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)