महानवमीका दिन खुल्यो ऐतिहासिक तलेजु भवानीको मन्दिर, दर्शनार्थीको घुइँचो
reportersnepal.com · Tue Oct 20 00:54:51 GMT 2026

काठमाडौँ । महानवमीका अवसरमा विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रस्थित ऐतिहासिक एवं सांस्कृतिक महत्त्वको तलेजु भवानीको मन्दिर सर्वसाधारणका लागि आज दिनभर खुला गरिएको छ। हनुमानढोका दरबार हेरचाह अड्डाका अनुसार बिहान ५ बजेदेखि बेलुकी ६ बजेसम्म भक्तजनलाई पूजा, आराधना एवं दर्शनका लागि मन्दिर खुला गरिएको हो।
वर्षमा एक दिन मात्र महानवमीका अवसरमा सर्वसाधारणका लागि खुला गरिने परम्परा अनुसार आज बिहानैदेखि तलेजु भवानीको मन्दिरमा हजारौँ भक्तजनको बाक्लो उपस्थिति र घुइँचो लागेको छ। दर्शनार्थीको सुविधा र सुरक्षालाई ध्यानमा राख्दै अड्डाले सरोकारवाला निकायहरूसँग छलफल गरी दर्शनावधिको समय तय गरेको कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानले जानकारी दिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)