पाथीभरामा ३ लाख बढी भेटी
nagariknews.nagariknetwork.com · Tue Aug 18 11:35:36 GMT 2026

साउन महिनामा ताप्लेजुङस्थित पाथीभरा मन्दिरबाट ३ लाख १८ हजार ५ सय रुपैयाँ भेटी संकलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार चालु आर्थिक बर्षको पहिलो महिनामा २ हजार ४ सय ६९ जनाले पाथीभरा मन्दिरको दर्शन गरेका छन्।
अघिल्लो बर्षको साउन महिनामा २ हजार १ सय ४६ जना पाथीभरा मन्दिरको दर्शनका लागि आएका थिए। अघिल्लो बर्षको साउन महिनामा १० लाख ३९ हजार रुपैयाँ भेटी गणना भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)