दसैँपछि आईपीओमा लगानीको अवसर बढ्दै, ११७ कम्पनीको ७१ अर्ब ४२ करोडको पाइपलाइन
aarthiknews.com

काठमाडौं । दसैँपछि सेयर बजारमा नयाँ कम्पनीको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मार्फत लगानीको अवसर बढ्ने सम्भावना देखिएको छ। नेपाल धितोपत्र बोर्डमा चालु आर्थिक वर्ष २०८३/८४ का लागि ११७ कम्पनीले आईपीओ निष्कासन गर्न आवेदन दिएका छन्। ती कम्पनीले कुल ७१ अर्ब ४२ करोड २० लाख रुपैयाँभन्दा बढीको सेयर निष्कासन अनुमति मागेका छन्।
बोर्डमा असोज २७ सम्म दर्ता भएका आवेदनअनुसार कम्पनीहरूले ५१ करोड ९ लाख ८१ हजार ९४६ कित्ता सेयर निष्कासन गर्न प्रस्ताव गरेका छन्। आवेदन रकमका आधारमा उत्पादन तथा प्रशोधन क्षेत्र सबैभन्दा अगाडि छ भने सेयर कित्ताका आधारमा जलविद्युत् क्षेत्र अगाडि देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)