महानवमीमा मात्रै खुल्ने तलेजु भवानी मन्दिर बिहानैदेखि भक्तजनका लागि खुला
corporatenepal.com · Tue Oct 20 01:02:48 GMT 2026

काठमाडौं । हनुमानढोका दरबार क्षेत्रस्थित तलेजु भवानीको मन्दिर मंगलबार सर्वसाधारणका लागि खुला गरिएको छ। वर्षमा एक पटक महानवमीका दिन मात्रै भक्तजनलाई दर्शनका लागि प्रवेश दिइने परम्पराअनुसार मन्दिर खुला गरिएको हो।
विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको यस मन्दिरमा दर्शन तथा पूजाआराधना गर्न बिहानैदेखि भक्तजन पुग्ने गरेका छन्। मन्दिर बेलुकी ६ बजेसम्म खुला रहने दरबार हेरचाह अड्डाकी कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानले जानकारी दिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)