राजीनामा नदिने अडानमा कोशीका सभामुख
ekantipur.com · Mon Jul 31 00:52:41 GMT 2023
मोरङ — कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले नयाँ बन्ने सरकारले विश्वासको मत पाउने निश्चित नभएसम्म पदबाट राजीनामा नदिने अडान लिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको छलफलमा सभामुख गौतमले विश्वासको मत पाउने निश्चित नभएसम्म ३० दिने सरकार गठनका लागि राजीनामा नदिने बताएको छलफलमा सहभागी एक प्रदेश सांसदले बताए ।
माओवादीका प्रदेश सांसद दुर्गाप्रसाद चापागाईंले सरकार गठनका लागि सभामुख गौतमको राजीनामा गराउनु एउटा विकल्प भए पनि यो उचित नभएको समाजिक सञ्जाल (फेसबुक) मा लेखेका छन् । सभामुख गौतमको राजीनामाले प्रदेशसभालाई थप संवैधानिक संकटतर्फ लैजाने उनले लेखेका छन् । सभामुख गौतम माओवादीबाट निर्वाचित भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)