तलेजु भवानी मन्दिर सर्वसाधारणका लागि खुला
kathmandupati.com · Tue Oct 20 01:52:56 GMT 2026

काठमाण्डु – काटमाण्डुको हनुमानढोका दरबारमा रहेको तलेजु भवानीको मन्दिर मङ्गलबार सर्वसाधारणका लागि खुला गरिएको छ । महानवमीका अवसरमा वर्षमा एक दिन मात्र खुल्ने यस मन्दिरमा भक्तजनका लागि बिहान ५ बजेदेखि खुला गरिएको हो । मन्दिरमा नैबेलुकी ६ बजेसम्म पूजा, आराधना तथा दर्शन गर्न पाउनेछन् ।
प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिन तलेजु भवानीको मन्दिर सर्वसाधारणका लागि खुला गर्ने परम्परा छ । यस दिन मन्दिरमा दर्शन गर्न हजारौँ भक्तजन पुग्ने गर्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)