जिरीमा इन्फ्लुएन्जा संक्रमण : ६ नमुना परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि, बुधबारदेखि विद्यालय बन्द
khabarhub.com · Tue Aug 18 12:40:41 GMT 2026

दोलखा – जिल्लाको जिरी नगरपालिकामा पछिल्ला केहिदिन यता मौसमी रुघाखोकी (इन्फ्लुएन्जा) भाइरसको संक्रमण फैलिएको भन्दै नगर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालय चार दिन बन्द हुने भएका छन् ।
नगरपालिकाले भदौ २ गते जारी गरेको सूचनाअनुसार भदौ ३ देखि ६ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो । यस अवधिमा सञ्चालन हुने परीक्षा तथा अन्य गतिविधिसमेत स्थगित गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)