आजको राशिफल: मेषलाई नयाँ उत्साह र मिथुनलाई नयाँ विचार आउने
bishowkhabar.com · Tue Oct 20 02:00:40 GMT 2026

काठमाडौं- आज वि.सं. २०८३ कार्तिक ३ गते, मङ्गलबार, इस्वी सं २०२६ अक्टोबर २०, ऋतुः शरद, अयनः दक्षिणायन, नेपाल संवत् ११४६, आश्विन शुक्ल पक्ष, आश्विन शुक्ल नवमी, बिहान ९ः३४ बजेपछि दशमी, नक्षत्रः श्रवण दिउँसो ४ः१० बजेसम्म र त्यसपछि धनिष्ठा, चन्द्रमा मकर राशिमा, सूर्य तुला राशिमा, योगः शूल राति १२ः०८ बजेपछि गण्ड, करणः कौलव बिहान ९ः३४ बजेसम्म, त्यसपछि तैतिल र राति १०ः१६ बजेपछि गर। आज नेपालमा सूर्योदय बिहान ६ः०७ बजे र सूर्यास्त साँझ ५ः२८ बजे हुनेछ।
आज नवरात्रको दसौँ दिन तथा महानवमी व्रतको अवसर हो। आज माता सिद्धिदात्रीको पूजा, दुर्गा आराधना, मन्त्रजप तथा धार्मिक अनुष्ठान गरी सुख, शान्ति, समृद्धि र कार्यसिद्धिको कामना गरिन्छ। धार्मिक मान्यताअनुसार माता सिद्धिदात्रीको आराधनाले ज्ञान, विवेक, आत्मबल र सकारात्मक सोच बढाउन सहयोग गर्छ। आज आफ्नो कुलपरम्पराअनुसार नवदुर्गाको पूजा, हवन तथा कन्या पूजा गरी नवरात्रको साधना सम्पन्न गर्नु शुभ मानिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)