भ्रष्टाचार मुद्दामा मुछिएपछि खोटाङका सीडीओ निलम्बित
ekantipur.com · Sun Jul 23 17:11:49 GMT 2023
खोटाङ — भ्रष्टाचार मुद्दामा मुछिएपछि खोटाङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) भोजराज खतिवडा निलम्बित भएका छन् ।ओखलढुंगाको सिद्धिचरण नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएको बेला विद्युत् आयोजनामा भ्रष्टाचारमा संलग्न रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेपछि गृह मन्त्रालयले खतिवडालाई सीडीओबाट निलम्बन गरेको हो ।
आर्थिक वर्ष २०७५/७६ मा विद्युतीकरणका लागि आवश्यक सामग्री खरिदका क्रममा मिलेमतो गरी नक्क्ली बिल तथा कागजात बनाएर भ्रष्टाचार गरेको भन्दै खतिवडालगायत १० जना विरुद्ध अख्तियार आयोगले आइतबार आरोपपत्र दर्ता गराएको थियो । त्यसैको आधारमा आइतबारै निलम्बित गरेको प्रजिअ खतिवडाले बताए । ‘पहिला म त्यहाँ हुँदा अरुले गाजाङगुजुङ गरे छन्, मैले त होइन,’ खतिवडाले भने, ‘त्यस्तो भएपछि त निलम्बन गरिहाल्छ नि !’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)