बाढीपहिरोले बेनी–जोमसोम–कोरला सडकमा एक अर्ब क्षतिको प्रारम्भिक अनुमान
hamrakura.com · Tue Oct 20 00:00:00 GMT 2026

काठमाडौँ। हालैको मनसुनजन्य विपद्का कारण चीन र भारतलाई जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकखण्डमा करिब रु एक अर्ब बराबरको भौतिक संरचनामा क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ।
गत असोज ८ देखि ११ गतेसम्मको भारी वर्षापछि आएको पहिरो तथा कालीगण्डकी नदीको बाढी र कटानका कारण यो सडकखण्ड क्षतविक्षत भएको हो। बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माका अनुसार कालीगण्डकीको बाढीले १० ठाउँमा सडक बगाएको तथा ५० भन्दा बढी ठाउँमा पहिरोले क्षति पुर्याएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)