मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

kendrabindu.com · Tue Oct 20 01:47:24 GMT 2026

सङ्खुवासभा । अवरुद्ध खाँदबारी–किमाथाङ्का सडकखण्ड नेपाली सेनालको सहयोगमा सोमबार साँझदेखि पुनः सञ्चालनमा आएको छ । नेपाल–चीन जोड्ने ‘लाइफलाइन’ सो सडकखण्ड विगत तीन महिनादेखि अवरुद्ध भएको थियो । गत साउनमा भोटखोला गाउँपालिका–२ स्थित छुम्सुरमा ठूला–ठूला चट्टानसहितको पहिरो खस्दा सो सडकमा पूर्ण रूपमा सवारीसाधन आवतजावत गर्न अवरुद्ध भएको थियो ।

किमाथाङ्काबाट करिब २१ किलोमिटर र खाँदबारीबाट करिब १४१ किलोमिटर दूरीमा रहेको उक्त स्थानमा खसेको पहिरो हटाउन उत्तर–दक्षिण (कोशी) राजमार्ग आयोजनाले नेपाली सेनालाई अनुरोध गरेको थियो । सोही आग्रहअनुसार नेपाली सेनाको नं. १ विकास निर्माण गणअन्तर्गत छुम्सुर पोस्टबाट सैनिक टोली संलग्न भएको आयोजनाले जनाएको छ । श्री इन्द्रदल गुल्मको जिम्मेवारी क्षेत्रभित्र पर्ने उक्त स्थानमा खटिएको सैनिक टोलीले विस्फोटन (ब्लास्टिङ) मार्फत ठूला–ठूला विशाल चट्टानलाई ससाना टुक्रामा विभाजन गरेको थियो भने आयोजनाले उक्त चट्टान हटाएर सडक पुनः पूर्ण रूपमा सञ्चालनमा ल्याएको आयोजना प्रमुख रामबहादुर गुरुङले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)