बेनी–जोमसोम–कोरला सडक : पुनर्निर्माण गर्न ४ अर्बसम्म खर्च लाग्ने
clickmandu.com · Tue Oct 20 02:18:12 GMT 2026

म्याग्दी । पछिल्लो मनसुनमा आएको बाढी र पहिरोले चीनसँगको कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकलाई नराम्ररी क्षति पुर्याएको छ। सडकका विभिन्न संरचनामा करिब एक अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ। क्षतिग्रस्त सडकलाई पुरानै अवस्थामा फर्काउन भने तीनदेखि चार अर्ब रुपैयाँसम्म खर्च गर्नुपर्ने देखिएको छ।
असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि कालीगण्डकी नदीमा आएको बाढी, नदी कटान र ठाउँठाउँमा खसेको पहिरोले सडकको अवस्था बिगारेको हो। बेनी–जोमसोम–कोरला सडक योजनाका अनुसार बाढीले सडकका विभिन्न भाग बगाउनुका साथै पहिरोले दर्जनौँ स्थानमा संरचना भत्काएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)