देशलाई सही दिशामा ल्याउन चुनाव अनिवार्य, तर दायित्वबाट भाग्दैछन् एमाले–कांग्रेस
barnanmedia.com · Mon Oct 13 22:14:03 GMT 2025

०६२÷०६३ को जनआन्दोलनको शान्ति सम्झौताको बलमा तत्कालीन विद्रोही माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि माहोल नै छुट्टै थियो। अन्तरिम सरकारका प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइरालालाई प्रस्ट थाहा थियो, कांग्रेसले चुनाव जित्दैन। तर, पनि देशलाई राजनीतिक दिशा दिन संविधानसभाको चुनाव अनिवार्य थियो। पार्टी हार्छ भनेर थाहा हुँदाहुँदै पनि उनले चुनाव गराए। नभन्दै माओवादी पहिलो दल बनेर आयो।
अहिले पनि देश संक्रमणकालमा गुज्रिरहेको छ। देशमा ब्याप्त भ्रष्टाचारविरुद्ध जेनजीले थालेको आन्दोलनले सत्ता पलट गरायो। कांग्रेस र एमाले गठबन्धनको सरकार ढलेर पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा सरकार बनेको छ। सरकार कुन धारा र उपधारामा बनेको हो भनेर बहस गर्ने बेला अहिले होइन। केवल देशलाई निकास दिनु छ । त्यो भनेको चुनाव हो। आगामी २१ फागुनमा मध्यावधि चुनाव तय भएको छ। सरकार र दलहरुको दायित्व नै चुनाव गराउने र भाग लिने अनि जनमतबाट प्राप्त परिणाम अनुसार सरकार बनाउने हो। जसले राजनीतिक दिशा दिने छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)