खोलियो तलेजु भवानी मन्दिर, दर्शनार्थीको घुइँचो (फोटोफिचर)
ratopati.com · Tue Oct 20 02:25:02 GMT 2026

काठमाडौं । वर्षमा एकपटक महानवमीका दिन मात्रै खुल्ने हनुमानढोका दरबार क्षेत्रस्थित तलेजु भवानी मन्दिर आज बिहान ५ बजेदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । मन्दिर खुलेसँगै बिहानैदेखि पूजा, आराधना तथा दर्शनका लागि भक्तजनको घुइँचो लागेको छ ।
वर्षमा एक दिन मात्रै दर्शन गर्न पाइने भएकाले बिहानैदेखि मन्दिर परिसरमा भक्तजन लामबद्ध भएका छन् । भक्तजनलाई सहज रूपमा दर्शन गराउने तयारी पूरा भएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । मन्दिर आज बेलुका ६ बजेसम्म खुला रहने अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानले जानकारी दिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)