मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

फेरि ब्याटिङ नचल्दा नामिबियासँग नेपालको अर्को फराकिलो हार

farakdhar.com · Sun Jul 17 00:50:22 GMT 2022

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्डमा जारी त्रिकोणात्मक शृंखलाको तेस्रो खेलमा नामिबियासँग नेपाल ६३ रनले पराजित भएको छ । गएराति सम्पन्न खेलमा नामिबियाले दिएको २ सय रनको लक्ष्य पछ्याएको नेपाल ३७.५ ओभरमा मात्र १ सय ३७ रनमै समेटियो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३८ रन जोडे । ओपनर आसिफ शेखले ३२, मोहम्मद आदिल आलमले २०, रोहितकुमार पौडेलले १७ र पवन सर्राफले १० रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । नामिबियाका लागि बर्नार्ड स्कोलाड्जले पाँच, जन फ्राइलिंकले तीन र गेहार्ड इरास्मशले एक विकेट लिए ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)