संसद्मा सत्ता पक्ष निरीह, प्रतिपक्ष हावी : सदन चलाउन ओलीमाथिको आरोप रेकर्डबाटै हटाइयो
newsofnepal.com · Sun May 28 00:51:28 GMT 2023
काठमाडौं । प्रतिनिधिसभामा प्रतिपक्षी हावी हुँदा सत्ता पक्ष निरीह बन्दै गएको छ । सदन सञ्चालनका लागि प्रधानमन्त्रीसहित सत्ता पक्षका नेताहरुले प्रतिपक्षी दलका नेतामाथि लागेको भ्रष्टाचारको आरोपसम्बन्धी रेकर्ड हटाउनुपरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जलहरी र स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरेको भन्ने नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालको अभिव्यक्ति शनिबारको संसद् बैठकमा रेकर्डबाट हटाइएको हो ।
शनिबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले जलहरीसम्बन्धी विषयमा प्रमुख प्रतिपक्षी नेतालाई जोडेर सदनमा विचार व्यक्त हुनु उचित नभएको बताउँदै ओलीविरुद्धको अभिव्यक्ति हटाउन सकिने बताउनुभएको थियो । बैठक शुरु हुनासाथ एमालेका सांसदहरुले उठेर अवरोध गर्ने तयारी गरेपछि सभामुख घिमिरेले प्रधानमन्त्रीलाई सांसद लेखनाथको दाहालको अभिव्यक्तिका सन्दर्भमा प्रस्ट पार्न आग्रह गर्नुभएपछि प्रधानमन्त्री प्रचण्डले उक्त अभिव्यक्ति हटाउन सकिने बताउनुभएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)