विपद्ले बेनी–जोमसोम–कोरला सडकमा एक अर्बको क्षति
nepalnews.com · Tue Oct 20 02:26:34 GMT 2026

म्याग्दी। पछिल्लो मनसुनजन्य विपद्बाट चीन र भारतलाई जोड्ने बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्ब रुपैयाँ बराबरको भौतिक संरचनाहरुको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ।
असोज ८ देखि ११ गतेसम्मको झरीपछि पहिरो, कालीगण्डकी नदीमा आएको बाढी र कटानका कारण क्षतविक्षत भएको सडक पुनर्निर्माणका लागि तीनदेखि चार अर्ब रुपैयाँ बजेट आवश्यक पर्ने बेनी–जोमसोम–कोरला सडक योजनाले जनाएको छ। आयोजना प्रमुख तेजस्वी शर्माले कालीगण्डकीको बाढीले १० ठाउँमा सडक बगाएको, भत्काएको तथा ५० ठाउँमा पहिरोले क्षति पुर्याएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)