मेक्सिकोमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ६४ पुग्यो, ६५ जना बेपत्ता
barnanmedia.com · Mon Oct 13 22:31:42 GMT 2025

मेक्सिकोको मध्य र पूर्वी क्षेत्रमा आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या कम्तीमा ६४ पुगेको छ भने अन्य ६५ जना अझै हराइरहेका छन् । मेक्सिकोको नागरिक सुरक्षा अधिकारीहरूका प्रमुख लौरा वेलाज्क्वेजले बाढीले प्रायः भेराक्रुज, हिडाल्गो र पुएब्ला राज्यमा बढी क्षति पुर्याएको बताए ।
मृत्यु हुनेको सङ्ख्या १२ घण्टाअघिको सङ्ख्याभन्दा १७ प्रतिशतले वृद्धि भएको र यसले प्रकोपको अझै पनि बढ्दो परिमाणलाई सङ्केत गर्दछ। बाढीले पूरै गाउँमा नदीहरू पसेकोे, ठाउँ ठाउँमा साना ठूला पहिरो निम्त्याएको र सडक तथा पुलहरू बगाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)