मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सन्दीपको कप्तानीमा नेपाललाई दुई ठूला सफलता, व्यक्तिगत प्रदर्शन पनि उत्कृष्ट

nepalpress.com · Tue Oct 20 02:38:35 GMT 2026

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय कप्तानीमा सन्दीप लामिछाने फर्किएपछि टोलीले छोटो अवधिमै दुई महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । उनको नेतृत्वमा नेपालले एसीसी प्रिमियर कप जित्दै एसिया कप खेल्ने अवसर सुरक्षित गर्यो भने विश्वकप लिग–२ को टप ६ मा रहेर एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता पनि जोगाउने निश्चित गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले २०२६ अगस्टमा रोहितकुमार पौडेललाई हटाएर सन्दीपलाई एकदिवसीय टोलीको कप्तान बनाएको थियो । त्यसबेला नेपाल विश्वकप लिग(२ मा कमजोर प्रदर्शनबाट गुज्रिरहेको थियो । कप्तान परिवर्तनले टोलीमा नयाँ नेतृत्व र नयाँ ऊर्जा ल्याउने अपेक्षा गरेर नेपाल क्रिकेट संघले यो कदम चालेको हो । र, नतिजाले पनि त्यही देखाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)