राष्ट्रिय दलित मुक्ति जागरण अभियानको एकसाथ दुई जनसभा
lokpath.com · Sun Feb 14 17:13:23 UTC 2021
काठमाडौँ – राष्ट्रिय दलित मुक्ति जागरण अभियानले दुई जनसभा आयोजना गरेको छ। लामो समयदेखि समाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक रुपबाट अपहेलित, उपेक्षित र अधिकारबाट बन्चित दलित समुदायलाई सचेत र जागृति गराउने उद्देश्यले सो जनसभा गरिएको हो ।
राजविराजमा भएको जनसभामा अभियानका पूर्वी संयोजक राजेश विद्रोहीले दलित समुदायलाई राजनीतिक दलहरुले अहिलेसम्म भोट बैंकको रुपमा प्रयोग मात्र गर्दैआएकोले यस विषयमा आफै गम्भीर बन्नुपर्ने आवश्यकता बताए। सरकारको मौनताले कडा परिश्रम गर्ने दलित एवम् उत्पीडित समुदायलाई भोकभोकै मर्नुपर्ने बाध्यता आइलागेको चर्चा गर्दै उनले भने ‘पटक–पटक आन्दोलन भए, ती आन्दोलनहरुमा दलितसहित उत्पीडित समुदायले भोकभोकै बसेर सहभागिता जनाए, दर्जनौंले बलिदानी पनि दिइरहे तर, अझै दलित समुदायको सामाजिक, आर्थिक र राजनीतिक अवस्था भने फेरिएको छैन् ।’
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)