बेनी-जोमसोम-कोरला सडकमा करिब एक अर्बको क्षति
corporatenepal.com · Tue Oct 20 02:40:15 GMT 2026

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट चीन र भारतलाई जोड्ने बेनी–जोमसोम–कोरला सडकमा करिब रु एक अर्ब बराबरको भौतिक संरचनाहरुको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ ।
गत असोज ८ देखि ११ गतेसम्मको झरिपछि पहिरो, कालीगण्डकी नदीमा आएको बाढी र कटानका कारण क्षतविक्षत भएको उक्त सडक पुनर्निर्माणका लागि रु तीनदेखि चार अर्ब बजेट आवश्यक पर्ने बेनी–जोमसोम–कोरला सडक योजनाले जनाएको छ । आयोजना प्रमुख तेजस्वी शर्माले कालीगण्डकीको बाढीले १० ठाउँमा सडक बगाएको, भत्काएको तथा ५० ठाउँमा पहिरोले क्षति पुर्याएको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)