दसैंको अवसरमा काठमाडौं उपत्यकामा सशस्त्र प्रहरी बलवारा निःशुल्क बस सेवा सञ्चालन
nepalsamaya.com · Tue Oct 20 03:04:34 GMT 2026

काठमाडौं- सशस्त्र प्रहरी बल, नेपालले दशैँको अवसरमा काठमाडौँ उपत्यकाभित्र सर्वसाधारण यात्रुहरूको सहज आवतजावतका लागि २ वटा बस निःशुल्क रूपमा सञ्चालन गरेको छ।
दशैँको समयमा उपत्यकामा सार्वजनिक यातायातका साधनहरू अत्यन्तै न्यून रूपमा चल्ने भएकाले सर्वसाधारण नागरिकहरूलाई आवतजावतमा सुविधा पुर्याउने उद्देश्यका साथ सशस्त्र प्रहरी बल, नेपालद्वारा यो निःशुल्क बस सेवा सञ्चालन गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)