मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘इला’ मार्फत सर्वसुलभ मूल्यमा अन्तर्राष्ट्रिय स्तरको सेवा दिँदै आईएमई ग्रुप

hamrakura.com · Tue Oct 20 00:00:00 GMT 2026

काठमाडौँ। आईएमई ग्रुपले आफ्नै होटल ब्राण्ड ‘इला’ मार्फत नेपालको पर्यटन प्रवर्द्धन तथा पर्यटकीय पूर्वाधार विकासलाई तीव्रता दिएको छ। अन्तर्राष्ट्रिय ब्राण्डका होटलहरूको तुलनामा करिब ५० प्रतिशत कम शुल्कमा सोहीस्तरको गुणस्तरीय सेवा उपलब्ध गराइरहेको आईएमई हस्पिटालिटीले जनाएको छ।

गैँडाकोटस्थित इला रिसोर्टमा आयोजित पत्रकार सम्मेलनमा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले सातै प्रदेशमा पर्यटकीय पूर्वाधार र चेन होटल विकास गरी नेपाल आउने पर्यटकको बसाइ अवधि दोब्बर बनाउने लक्ष्य राखिएको बताए। चन्द्रागिरि हिल्सको सफलतापछि ग्रुपले मुलुकका विभिन्न भागमा केवलकार र होटल परियोजनाहरूलाई अघि बढाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)