चाडपर्वमा घर फर्किनै सास्ती : महङ्गो टिकट, अनिश्चित उडान
nepalpress.com · Tue Oct 20 03:16:23 GMT 2026

विजयादशमी तथा अन्य प्रमुख चाडपर्व नेपालीका लागि खुसी, उमङ्ग, पारिवारिक मिलन र आत्मीयताका प्रतीक हुन् । वर्षभरि कामको सिलसिलामा घरपरिवारबाट टाढा रहेका मानिसहरू दसैँ–तिहारजस्ता चाडपर्वमा आफ्ना प्रियजनसँग भेटघाट गर्न, आशीर्वाद लिन र सुखदुःख साटासाट गर्न घर फर्किन चाहन्छन् । तर यही खुसीको यात्रामा नेपाली यात्रुहरूले वर्षौँदेखि भोग्दै आएको महङ्गो हवाई भाडा, उडानमा ढिलाइ र अनिश्चितताको समस्याले चाडपर्वको उमङ्गलाई नै पीडामा बदलिदिएको छ ।
चाडपर्व नजिकिँदै जाँदा हवाई यात्रुको चाप बढ्नु स्वाभाविक हो । तर यात्रुको चाप बढ्यो भन्दैमा हवाई भाडा सर्वसाधारणको पहुँचभन्दा बाहिर पुग्नु कति उचित हो ? आफ्नो परिवारसँग दसैँ मनाउन घर जान चाहने व्यक्ति महङ्गो टिकट किन्न बाध्य हुनु, टिकट पाए पनि समयमै उडान नहुनु र विमानस्थलमा घण्टौँसम्म अनिश्चितताका बीच बस्नुपर्ने अवस्था कस्तो विडम्बना हो ?
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)