मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व

ratopati.com · Tue Oct 20 03:24:04 GMT 2026

गण्डकी । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण गरेका विदेशी पर्यटकबाट बर्सेनि करोडौँ रुपैयाँ राजस्व सङ्कलन हुने गरेको छ। विदेशी नागरिकका लागि निषेधित मानिएका उपल्लो मुस्ताङ र मनाङको नार फू क्षेत्रमा अनुमति लिएर भ्रमण गर्न पाउने कानुनी व्यवस्था छ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका अनुसार निषेधित क्षेत्र घुमेका पर्यटकबाट प्रवेश शुल्कबापत गत आर्थिक वर्षमा २१ करोड ६९ लाख ९७ हजार ५०० रुपैयाँ सङ्कलन भएको थियो। आयोजनाका प्रमुख डा. रविन कडरियाका अनुसार उपल्लो मुस्ताङमा १० दिनको भ्रमण अनुमति लिएका १,८५५ पर्यटकबाट प्रतिव्यक्ति ५०० डलर र एक दिनको भ्रमण गरेका २,५६९ पर्यटकबाट प्रतिव्यक्ति ५० डलर सङ्कलन गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)