विद्यार्थीलाई ज्याकेट
annapurnapost.com · Thu Dec 28 00:50:38 GMT 2023
मुगु : जिल्लाको पश्चिम क्षेत्रमा पर्ने खत्याड गाउँपालिकामा रहेका नौ विद्यालयका १ हजार ६ सय विद्यार्थीलाई जाडोमा लगाउने न्यायो ज्याकेट वितरण गरिएको छ।
खत्याड गाउँपालिकामा रहेका चार माध्यमिक विद्यालय र पाँच आधारभूत प्राथमिक विद्यालयका १ हजार ६ सय ९ जना विद्यार्थीलाई सोवरस् नेपालले चिसोमा लगाउने ज्याकेट वितरण गरेको हो। उक्त गाउँपालिकामा रहेको लोकप्रिय मावि गम्थाका ५ सय ३०, जनजागरण मावि सेरीका ३ सय ३०, रारा आधारभूत रोलका १ सय २१, बाल ज्योति श्रीकोट ५५, सरस्वती मावि रिखियाका १ सय ६०, महादेव मावि ह्यागुलुका २ सय ३, सरस्वती आधारभूत विद्यालयका २७, सुमामाई आधारभूत विद्यालय डाडियका ५६ र आधारभूत विद्यालय खर्कका १ सय २७ गरी १ हजार ६ सय ९ जना विद्यार्थीलाई न्यानो ज्याकेट वितरण गरिएको हामी नेपालीको जिल्ला संयोजक अनिल बानियाँले जानकारी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)