वर्षमा एकपटक खुल्ने तलेजु भवानी मन्दिरमा भक्तजनको घुइँचो
nepalnews.com · Tue Oct 20 03:52:17 GMT 2026

काठमाडौं। वर्षमा एकपटक महानवमीका दिन मात्र सर्वसाधारणका लागि खोलिने तलेजु भवानी मन्दिर आज बिहान ५ बजेदेखि खुला गरिएको छ। हनुमानढोका दरबार क्षेत्रमा अवस्थित यस मन्दिरमा दर्शन गर्न बिहानैदेखि भक्तजनको लाम लागेको छ। वर्षमा एक दिन मात्र दर्शन गर्न पाइने भएकाले श्रद्धालुहरू बिहानैदेखि मन्दिर परिसरमा जम्मा भएका हुन्।
हनुमानढोका दरबार हेरचाह अड्डाले भक्तजनलाई सहज रूपमा दर्शन गराउने सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानका अनुसार मन्दिर आज बेलुका ६ बजेसम्म खुला रहनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)