एनपीएलमा पहिलोपटक डीआरएस प्रयोग हुने पक्का
himalpress.com · Tue Oct 20 03:55:20 GMT 2026
काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलोपटक डिसिजन रिभ्यु सिस्टम (डीआरएस) प्रयोग हुने पक्का भएको छ। क्यानका सचिव पारस खड्काले एक स्केच भिडियो सामाग्री सेयर गर्दै नेपालमा डिआरएस प्रयोग हुने जानकारी दिएका हुन्।
एनपिएलले पनि आफ्नो आधिकारीक फेसबुक पेजमार्फत मंगलबार डिआरएस प्रयोग गर्न लागेको सार्वजनिक गरेको छ। यससँगै नेपाली क्रिकेटमा प्रविधिको प्रयोग र खेलको निर्णय प्रक्रियालाई थप व्यवस्थित बनाउने दिशामा नयाँ उपलब्धि थपिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)