'कान्तिमा डाक्टर हुँदाहुँदै किन अन्यत्र रेफर' भन्दै प्रश्न गर्ने डाक्टरलाई डाक्टरले नै दिए पिट्ने धम्की!
swasthyakhabar.com · Wed Jun 28 16:31:00 GMT 2023
काठमाडौं- कान्ति बाल अस्पतालका एक डाक्टरले अस्पतालकै अर्का डाक्टरलाई कारबाहीको माग गर्दै अस्पताल निर्देशक र विकास समिति समक्ष निवेदन दिएका छन्।
कान्ति अस्पतालमा कार्यरत डा राकेश घिसिङले अस्पतालमा नै कार्यरत अर्का डाक्टर टेकेन्द्र चौलागाईंले आफूलाई पिट्ने धम्की दिएको भन्दै कारबाहीको माग गर्दै निवेदन दिएका हुन्। डा घिसिङले डा चौलागाईंले कान्तिमा डाक्टर हुँदाहुँदै अन्यत्र बिरामी रेफर गर्ने गरेको र उक्त विषयमा आफूले जिज्ञासा राख्दा पिट्ने धम्की दिएको भन्दै कारबाहीको माग गर्दै निवेदन दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)