युरो कप : दुई आत्मघाती गोल हुँदा जर्मनीसँग पोर्चुगल पराजित
pahilopost.com · Sat Jun 19 17:59:52 GMT 2021
यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा जर्मनीले पोर्चुगललाई पराजित गरेको छ। जर्मनीको फुटबल एरेना मुनिखमा सम्पन्न समूह ‘एफ’को खेलमा जर्मनीले ४-२ गोलको जित निकालेको हो।
जर्मनीले राम्रो पकड बनाए पनि कप्तान क्रिस्टियानो रोनाल्डोको गोलमा पोर्चुगलले खेलमा अग्रता लिएको थियो। रोनाल्डोले खेलको १५ औँ मिनेटमा गोल गरे। तर, पोर्चुगलले पहिलो हाफमा ४ मिनेटको अन्तरमा दुई आत्मघाती गोल गर्दा २-१ ले पछि पर्यो। ३५ औँ मिनेटमा रुबेन डियाज र ३९ औँ मिनेटमा राफायल गुरेरोले आफ्नै पोस्टमा गोल गर्न पुगे।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)