वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरको रोचक तथ्य
nepalsamaya.com · Tue Oct 20 04:17:00 GMT 2026

काठमाडौं- हनुमानढोका दरबार परिसरमा रहेको तलेजु भवानी मन्दिरको अग्लो प्यागोडा शैली, कलात्मक छाना र ऐतिहासिक बनावटले त्यहाँ पुग्ने जोकोहीको ध्यान खिच्छ। हामी यही मन्दिरको कथा खोज्दै रिपोर्टिङका लागि त्यहाँ पुगेका थियौं।
मन्दिरको भव्यताले एकछिन रोकिएर हेर्न बाध्य बनाउँथ्यो। तर हाम्रो ध्यान मन्दिरको बनावटमा मात्र अडिएन। मन्दिरको ढोका बन्द थियो, बन्द ढोकाअगाडि केही मानिस पूजाआजा गरिरहेका थिए। कोही हात जोडेर देवीलाई सम्झिरहेका थिए त कोही श्रद्धापूर्वक पूजा गरेर फर्किरहेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)