मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आशा जगाउँदै महिला फुटबलर 

ekantipur.com · Sun Mar 03 01:01:17 GMT 2024

काठमाडौँ — ‘हामी धेरै नजिक त पुग्यौं तर भाग्य हाम्रो पक्षमा रहेन,’ साउदी अरेबियाको जेद्दामा भएको वाफ वुमेन्स च्याम्पियनसिपमा नेपाल उपविजेतामै सीमित भएपछि सावित्रा भण्डारीले शुक्रबार सामाजिक सञ्जालमा लेखेकी छन् । शुक्रबार राति भएको फाइनलमा नेपाल खाडी क्षेत्रकै सबैभन्दा बलियो टिम जोर्डनसँग टाइब्रेकरमा पराजित रह्यो ।

वाफमा पहिलो पटक सहभागी नेपाल यही प्रतियोगिताबाट पहिलो अन्तर्राष्ट्रिय उपाधि पनि जित्ने यात्राको निकै नजिक त पुग्यो, तर सफल हुन भने सकेन । सावित्रा लेख्छिन्, ‘हामी फर्कनेछौं । अझ बलियो र राम्रो भएर ।’ भण्डारीले फाइनल खेल्न पाइनन् । त्यसअघि नै उनी फ्रान्स फर्किनुपर्‍यो । उनको अनुपस्थितिका बाबजुद पनि फाइनलमा नेपालको प्रदर्शन कमजोर थिएन । सविता रानाको गोलले खेलमा अग्रता पनि लिएको थियो । पछि गीता रानाको गोलले खेलमा फर्कन पनि सफल रह्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)