करार कृषि तथा पशु प्राविधिकको धर्ना जारी
nepalpress.com · Tue Jun 09 15:41:20 GMT 2026

देउखुरी । लुम्बिनी प्रदेशका स्थानीय तहमा कार्यरत करार कृषि तथा पशु सेवा प्राविधिकहरूले सेवा निरन्तरता, सेवा सुविधा तथा पेशागत सुरक्षाको माग गर्दै प्रदेश प्रशासनिक केन्द्र परिसरको मूल गेटमा धर्ना दिएका छन् ।
साविक कृषि तथा भूमि व्यवस्था मन्त्रालय अन्तर्गत सेवा करारमा कृषि तथा पशु सेवा प्राविधिक छनोट सम्बन्धी कार्यविधि २०७८ अनुसार नियुक्त भई विभिन्न पालिकामा कार्यरत प्राविधिकहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयलाई ज्ञापनपत्र बुझाउँदै आफ्ना माग तत्काल सम्बोधन गर्न आग्रह गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)