मन्त्रालय भागबन्डामा जसपाको असहमति
ekantipur.com · Mon Jan 16 18:00:26 GMT 2023
काठमाडौँ — सत्तागठबन्धनको एक घटक जसपाले मन्त्रालय भागबन्डामा असहती जनाएको छ । मंगलबार बिहानसम्म कुरा नमिले जसपा तत्त्काल सरकारमा सहभागी हुनेछैन । सोमबार बालुवाटारमा बसेको सत्तागठबन्धनको बैठकमा जसपालाइ २ वटा मन्त्रालय दिने प्रस्ताव गरिएको थियो ।
उक्त प्रस्तावमा जसपा अध्यक्ष उपेन्द्र यादवले असहमति राखेका थिए । कम्तीमा तीन मन्त्रालय पाउनुपर्ने जसपाको अडान छ । जसपाले मधेस प्रदेशमा मुख्यमन्त्री पाइसकेकोले यहाँ उसलाई २ मन्त्रालय मात्र दिने प्रस्ताव गरिएको हो । उपप्रधानमन्त्री रवि लामिछानेले मंगलबार योबारे कुरा हुने बैठकपछि जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)