मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भोकै राखेर १९१ अनुयायीको हत्या गरेको अभियोगमा केन्याली पास्टर दोषी ठहर

ratopati.com · Tue Oct 20 04:45:36 GMT 2026

अनुयायीहरूलाई येशूलाई भेट्न भोकै बसेर मर्न बाध्य पारेको अभियोगमा केन्याली धर्मगुरु पास्टर पल म्याकेन्जी १९१ जनाको हत्यामा दोषी ठहर भएका छन् । सन् २०२३ मा उनका अनुयायी बस्ने क्षेत्रमा ४०० भन्दा बढी शव फेला परेका थिए ।

न्यायाधीश डायना काभेद्जाले गुड न्यूज इन्टरनेसनल चर्चका नेता म्याकेन्जीले अनुयायीहरूलाई मृत्युसम्म उपवास बस्न बाध्य पार्ने योजनाबद्ध प्रणाली सञ्चालन गरेको ठहर गरिन् । अदालतका अनुसार सुरुमा बालबालिकालाई भोकै बस्न लगाइएको थियो । भाग्न वा खाना खान खोज्नेहरूलाई रोक्न सुरक्षाकर्मी खटाइएको र उनीहरूलाई कुटपिटसमेत गरिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)