मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एथ्लेटिक्समा पनि नेपाल निराश

neplays.com

एसियाली खेलकुदको महत्वपूर्ण खेल मध्ये एक एथलेटिक्समा शुक्रबार एसियाडको मुख्य रंगशालामा नेपालका सोमबहादुर कुमाल र महिलामा सन्तोषी श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए । कुमालले ४ सय मिटर दौड ४८.६८ सेकेन्डमा पूरा गरे । सहभागी सात मध्ये उनी पाँचौ भए । उनले दक्षिण कोरिया र कीर्गिस्तानका धावकलाई पछि पारे ।

कुमालले एसियाडको तयारी प्रशिक्षणका दौरान नै डेंगु लागेका कारण प्रदर्शन राम्रो नभएको प्रतिक्रिया दिएका छन् । ‘प्रतियोगिता अगाडि नै मलाई डेंगु लागेको थिए । यसले मेरो तयारी राम्रो भएन, कुमालले भने, ‘विरामी नपरेको भए, व्यक्तिगत नाममा रहेको रेकर्ड तोड्ने योजना थियो ।’

स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)