बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्बको क्षति
canadanepal.com · Tue Oct 20 05:12:39 GMT 2026

म्याग्दी - पछिल्लो मनसुनजन्य विपद्का कारण चीन र भारतसँगको व्यापारिक तथा पर्यटकीय सम्पर्कका लागि महत्वपूर्ण बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। बाढी, पहिरो र नदी कटानबाट क्षतिग्रस्त सडकलाई पुरानै अवस्थामा फर्काउन तीनदेखि चार अर्ब रुपैयाँसम्म बजेट आवश्यक पर्ने बेनी–जोमसोम–कोरला सडक योजनाले जनाएको छ।
गत असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि कालीगण्डकी नदीमा आएको बाढी, पहिरो र कटानले सडकका विभिन्न खण्डमा ठूलो क्षति पुर्याएको हो। आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार कालीगण्डकीको बाढीले १० स्थानमा सडक बगाएको वा भत्काएको छ भने करिब ५० स्थानमा पहिरोले क्षति गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)