पोर्चुगलले व्यहोर्यो दुई आत्मघाती गोल, पहिलो हाफमा जर्मनीलाई अग्रता
baahrakhari.com · Sat Jun 19 17:10:00 GMT 2021
काठमाडौं । युरोकप फुटबलमा साबिक विजेता पोर्चुगल अहिले जर्मनीसँग पछि परेको छ । पोर्चुगल र जर्मनीबीचको पहिलो हाफ सकिँदा जर्मनीले अग्रता बनाएको हो ।
म्युनिखमा जारी खेलको पहिलो हाफ सकिँदा जर्मनीले पोर्चुगलमाथि २–१ को अग्रता बनाएको छ । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले एक गोल गरे । जर्मनीका लागि दुवै गोल पोर्चुगलका डिफेन्डरले आत्मघाती गरे । पोर्चुगलका रुबेन डियास र राफायल गुइरेरोले आत्मघाती गोल गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)