मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

रुपन्देहीको रोहिणी नदीमा बस खस्यो, ९  जनाको मृत्यु

annapurnapost.com · Sun Jun 05 00:44:00 GMT 2022

भैरहवा : रुपन्देहीमा रोहिणी नदीमा बस खस्दा ९ जनाको मृत्यु भएको छ । जनकपुरबाट भैरहवा आउँदै गरेको बस बिहान ४:३० बजे दुर्घटना भएको रुपन्देही प्रहरीले बताएको छ।

लु २ ख ३८४१ नम्बरको बस दुर्घटना हुँदा धेरै मानवीय क्षति भएको छ । बसमा ३३ जना सवार रहेका जिल्ला ट्राफिक प्रहरी प्रमुख केशब केसीले बताए । बस रुपन्देहीको रोहिणी गाउँपालिका-४ र ओमसतिया गाउँपालिका-४ को सीमामा रोहिणी नदीमा खसेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)