केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी
khabarhub.com · Tue Oct 20 06:12:48 GMT 2026

भोजपुर – भोजपुरको टेम्केमैयुङ गाउँपालिका–६ का दुर्गम बस्तीमा केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार भएपछि स्थानीयको दैनिकी सहज बनेको छ। लामो समयदेखि विद्युत् सेवाको प्रतीक्षामा रहेका स्थानीयका घरघरमा बिजुली पुगेपछि शिक्षा, सञ्चार र घरायसी कामकाजमा सहजता आएको हो।
विद्युत् विस्तारसँगै स्थानीयवासी इन्टरनेट, टेलिभिजनलगायतका सुविधामा जोडिन थालेका छन्। भौगोलिक रूपमा ठूलो क्षेत्रफलमा फैलिएको वडाका विभिन्न बस्तीमा बिजुली पुगेपछि यसअघि सूचना तथा सञ्चारको पहुँचबाट टाढा रहेका नागरिकलाई सहज भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)