मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भोटेकोशीको बाढी : रसुवाका १६३ विद्यार्थी र १७ शिक्षक अझै बेपत्ता

annapurnapost.com · Tue Oct 20 06:08:07 GMT 2026

रसुवा : लेन्दे हुँदै भोटेकोशी बाढीका कारण रसुवाका १६३ जना विद्यार्थी र १७ जना सम्पर्कबिहीन रहेका छन्। सबैभन्दा धेरै उत्तरगया गाउँपालिका–५ नीलकण्ठ माविमा अध्यनरत ७१ जना बालबालिका बेपत्ता भएका छन्।

सबैभन्दा धेरै गोसाइकुण्ड गाउँपालिका–२ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय टमुरेका ६ जना शिक्षक बेपत्ता भएका छन्। जिल्ला शिक्षा समन्वय इकाइका सूचना अधिकारी जीवन दाहालका अनुसार बाढीका कारण गोसाइकुण्ड गाउँपालिका–२ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय, टमुरेका २५ जना, गोसाइकुण्ड गाउँपालिका–३ स्थित रसुवा लिङलिङ आधारभूत विद्यालयका १ जना, भीमसेन आधारभूत विद्यालयका १ जना, गोसाइकुण्ड गाउँपालिका–५ स्थित कोमिन स्यामेवाङफेल मा.विका ७ जना, सोहि वडा स्थित गोसाइकुण्ड अंग्रेजी बोडिङ स्कुलका १९ जना, गोसाइकुण्ड गाउँपालिका–६ स्थित रसुवा मा.विका ३ जना, सोहि वडा स्थित हाइल्याण्ड आवासीय बोडिङ स्कुलका ९ जना गरी पालिकाका कुल ६५ जना विद्यर्थी बेपत्ता रहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)