विश्वकपलक्षित सामसङको आकर्षक अफर, २५% सम्म क्यासब्याक
annapurnapost.com · Tue Jun 09 15:46:48 GMT 2026

काठमाडौं : विश्वकपको माहोललाई लक्षित गर्दै सामसङ नेपालले आफ्ना विभिन्न टिभी मोडेलमा विशेष अफर सार्वजनिक गरेको छ। ग्राहकले २५ प्रतिशतसम्म क्यासब्याक, निःशुल्क नेटटिभी प्याकेज, विश्वकप लाइभ सब्स्क्रिप्सन तथा ठूला स्क्रिनका टिभीमा विशेष छुटमा साउन्डबार पाउनेछन्।
कम्पनीका अनुसार यो अफर जुलाई १९ सम्म लागू हुनेछ र ग्राहकलाई घरमै स्टेडियमजस्तै मनोरञ्जनको अनुभव दिलाउने उद्देश्य राखिएको छ। अफरअन्तर्गत चयनित सामसङ टिभी मोडेलमा २५ प्रतिशतसम्म क्यासब्याक उपलब्ध हुनेछ। विशेषगरी ७५ इन्च र ८५ इन्चका टिभी खरिद गर्ने ग्राहकले ४९ हजार ९९० रुपैयाँ मूल्यको साउन्डबार केवल ९ हजार ९९९ रुपैयाँमा प्राप्त गर्न सक्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)
काठमाडौँ