महानवमीमा सशस्त्र प्रहरीको मौलो पूजा, उत्कृष्ट कर्मचारी पुरस्कृत
kalakarmi.com · Tue Oct 20 06:38:14 GMT 2026

काठमाडौं- बडादशैँ २०८३ को अवसरमा सशस्त्र प्रहरी बलले नेपालको निशान, मौलो तथा कोत पूजा गरेको छ । कार्तिक ३ गते महानवमीका दिन सशस्त्र प्रहरी बलले नेपालको निशान, मौलो तथा कोत पूजा हलचोक स्वयम्भूस्थित नम्बर १९ बगलामुखी विशेष कार्यदल गणमा आयोजना गरेको हो ।
संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलको प्रमुख आतिथ्यतामा बिहान ७ बजेर ३५ मिनेटको पूजाको संकल्प साइतमा सुरु भएको पूजा कार्यक्रममा महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी बल, नेपालको निशानमा विधिपूर्वक पञ्जाछाप लगाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)