सरकारमा नयाँ गठबन्धन भित्र्याउने गृहकार्य शुरू
newsofnepal.com · Wed Mar 01 01:04:45 GMT 2023
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएसँगै अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा कांग्रेससहितको नयाँ गठबन्धन भित्र्याउने गृहकार्य शुरू गर्नुभएको छ ।
राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा एमालेलगायत दलहरू सरकारबाट बाहिरिएपछि स्वाभाविक रूपमा नेपाली कांग्रेस सरकारमा सहभागी हुने कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बताउनुभयो । यद्यपि, उहाँले शक्ति बाँडफाँटलगालतका सन्दर्भमा भने दलहरूबीच छलफल नभएको बताउनुभयो । उहाँले नेपाल समचारपत्रसँग भन्नुभयो– ‘हामी सरकारमा जाने कुरा स्वाभाविक छ । तर, राष्ट्रपतिको निर्वाचन अघि वा पछि जाने भन्ने निक्र्यौल भइसकको छैन । प्रधानमन्त्रीले छलफल गराउनुभएकै छैन । सायद चाँडै छलफल हुन्छ ।’ प्रधानमन्त्री प्रचण्डले ८ दलको बैठक राखेर छलफल गरेपछि कांग्रेस सरकारमा जानेबारे निर्णयमा पुग्ने जिकिर गर्दै उहाँले सरकारमा कसको नेतृत्वमा जाने भन्ने कुरा पार्टीमा छलफलपछि निर्णय गरिने बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)